spot_img
spot_img
spot_img

म्यानमारको सैन्य सरकारद्वारा प्रजातन्त्रवादी नेतृ सुकीको पार्टी विघटन

spot_img

१५ चैत, एजेन्सी । 

म्यानमारको सैन्य सरकारले प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) लाई विघटन गरिदिएको छ । सैनिक सरकारको आदेशमा चल्ने त्यहाँको निर्वाचन आयोगले तोकिएका नयाँ मापदण्ड अनुसार आयोगमा दर्ता हुन नसकेपछि सुकीको पार्टी एनएलडी खारेज भएको जनाएको छ । एनएलडीसहित अन्य ४० वटा दल पनि आयोगको मापदण्ड पूरा गर्न नसक्दा खारेजीमा परेका अलजजिराले जनाएको छ । सैनिक सरकारले गएको जनवरीमा राजनीतिक दलहरुलाई मापदण्ड पूरा गरेर आयोगमा दर्ता हुनका लागि दुई महिनाको समय दिएको थियो ।

एनएलडीले जेलमा रहेका आफ्ना नेताहरुको रिहाइ नभई सैनिक सरकारले गराउने चुनावमा भाग नलिने अडान राख्दै आएको छ । सन् २०२० मा भएको चुनावमा एनएलडीले भारी बहुमत प्राप्त गरेको थियो । तर, सेनाले ब्यापक धाँधली भएको आरोप लगाउँदै निर्वाचित सरकारलाई सत्तारोहण हुनबाट रोक्दै शासन आफ्नो हातमा लिएको थियो । नेतृ सुकीलाई नजरबन्द गरिएको छ । विभिन्न आरोपमा कैद सजाय पनि तोकिएको छ । सेनाले शासनसत्ता लिएपछि म्यानमारमा विरोध भैरहेको छ । सेनाप्रमुख मिन ओङ ह्लाइङले केहिदिन अघि मात्रै देशमा चुनाव हुने र निर्वाचित भएर आउने पक्षलाई सत्ता हस्तान्तरण गर्ने दाबी गर्नुभएको छ । तर चुनाव कहिले हुन्छ निश्चित छैन ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img