spot_img
spot_img
spot_img

रामनवामी मेलामा सामाजिक संस्थाद्वारा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

spot_img

देवदह // रुपन्देहीको देवदह–४, भवानीपुरमा विभिन्न स्वास्थ्य शिविरहरु सम्पन्न भएका छन्। चैते दशैको अवसरमा कोलियराज्य बुद्ध मावली श्रेत्र विकास समिति देवदह–४, भवानीपुरले आयोजना गरेको ऐतिहासिक रामनवमी मेला तथा विविध सांस्कृतिक तथा खेलकुद कार्यक्रममा उक्त स्वास्थ्य शिविर सम्पन्न भएको हो।

स्वास्थ्य शिविरमा रत्तदान, निशुल्क मधुमेह परिक्षण, दन्त परिक्षण गरिएको थियो । देवदह क्षेत्रमा क्रियाशिल लायन्स क्लव अफ देवदह, देवदह प्रोफेसनल युथ क्लव, पाकरी बृक्ष, जनजागरण युवा क्लव, उज्यालो लालटिन प्रतिष्ठानको संयुक्त आयोजनाम उक्त स्वास्थ्य शिविर सम्पन्न भएको हो।

शिविरको एक कार्यक्रमका वीच देवदह नगरपालिकाका प्रमुख धु्रवप्रसाद खरेलले उद्घाटन गर्नु भएको हो। स्वास्थ्य शिविरमा ४५ जनाले रक्तदान गरेका थिए भने २ सय जनाले मधुमेह परिक्षण र १ सय ५० जनाले दन्त परिक्षण गरेको उज्यालो लालटिन प्रतिष्ठानका अध्यक्ष सागर भट्टराईले जानकारी दिनु भयो । रक्तदान कार्यक्रममा बुटवल व्लड बैकले प्राविधिक र दन्त शिविरमा विजय डेन्टल होमले सहयोग गरेको भट्टराईले जानकारी दिनु भयो।

गोपाल पाण्डेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा देवदह नगरपालिका–४, का वडाअध्यक्ष दमनानाथ रेग्मी, कोलियराज्य बुद्ध मावली श्रेत्र विकास समितिका अध्यक्ष लिलावल्लवभ भट्टराई, दिपेश विक्रम मल्ल, विष्णुप्रसाद ज्ञवाली, सागर भट्टराई, कमल पौडेल पुनम पाण्डे लगायतको सहभागिता रहेको थियो। मेला देवदह क्षेत्रमा क्रियाशिल विभिन्न संघसंस्थाले खानेपानीको व्यवस्थापन गरेका थिए। मेलामा थारु कल्याणकारी सभा देवदह, भुतपुर्व सैनिक कल्याणकारी सभा देवदहले खानेपानीको व्यवस्थापन गरेका थिए।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img