spot_img
spot_img
spot_img

रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष घुससहित पक्राउ

spot_img

१६ चैत्र, रुपन्देही ।

रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अनन्तपाणी मरासिनी र वडा नंम्बर ७ का वडाध्यक्ष भिमबहादुर यादव घुस रकमसहित पक्राउ परेका छन् । ५० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा प्रमुख प्रशासकिय अधिकृत मरासिनीसहित वडाध्यक्ष यादव र विचौलिया विनोद भरलाई अख्तियारले नियन्त्रणमा लिएको जनाएको छ ।

नदीजन्य पदार्थ उत्खनन् सम्बन्धमा घुस माग गरेको उजुरीको आधारमा अख्तियारले उनीहरुलाई घुससहित नियन्त्रणमा लिएको हो। नदीजन्य पदार्थको बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिँदै गरेको सूचनाका आधारमा आयोगको बुटवल कार्यालयको टोलीले पक्राउ गरेको हो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img