spot_img
spot_img
spot_img

आईपीएल प्रिभ्यु : गुजरात भर्सेस चेन्नई, पुनरागमन गर्ने धोनीको आशा

spot_img

एजेन्सी ।

इन्डियन प्रिमियर लिग (आईपीएल) को १६ औँ सिजन शुक्रबारबाट सुरु हुँदैछ । साबिक विजेता गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सविरुद्धको खेलबाट आफ्नो उपाधि रक्षाको अभियान सुरु गर्नेछ । यस खेलमा दुई मित्र विपक्षी टोलीका कप्तानका रूपमा भिड्नेछन् । गुजराजको नेतृत्व हार्दिक पान्ड्याले गर्नेछन् भने फेरि एकपटक चेन्नईको कमान्ड महेन्द्रसिंह धोनीको हातमा हुनेछ । गत सिजन चेन्नई नवौँ स्थानमा सीमित भएको थियो । यो सिजन धोनीको टोली पुनरागमन गर्ने अपेक्षाका साथ मैदानमा उत्रिनेछ । चेन्नई चारपटकको आईपीएल विजेता रहिसकेको छ ।

गत सिजन गुजरातले दुवै खेलमा चेन्नईलाई हराएको थियो । पहिलो खेल ३ विकेटले जितेको गुजरातले दोस्रो खेलमा ७ विकेटको जीत हासिल गरेको थियो । दुई टोलीबीचको खेल शुक्रबार नेपाली समयअनुसार साँझ ७ बजेर ४५ मिनेटमा सुरु हुनेछ । खेल अहमदाबादको नरेन्द्र मोदी स्डेडियममा खेलाइनेछ । ५९ दिन चल्ने प्रतियोगितामा १० टोलीबीच ७४ खेलहरू हुनेछन् । हर टोलीले १४ खेल खेल्नेछन्, ७ आफ्नो घरेलु मैदानमा र ७ वटा विपक्षी टिमको मैदानमा छ । १० टोलीबीच समूह चरणमा ७० खेल हुनेछन् । लिग चरणपछि अङ्क तालिकामा शीर्ष स्थानमा शीर्ष ४ टोली प्लेअफका लागि छनोट हुनेछन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img