बुटवल ।
पेरी आर्वन सामुदायिक संस्था समन्वय समिति सञ्जाल, बुटवलको आयोजना तथा बुटवल उप महानगरपालिका वडा नंम्बर १ को सहयोगमा संचालित ३ दिने उद्घोषण तालिमा शनिवार सम्पन्न भएको छ। तालिमाको समापन गर्दै बुटवल उप महानगरपािलका वडा नंम्बर १ का वडा अध्यक्ष नगेन्द्र बस्नेतले हरेक ब्यक्तिहरुमा नेतृत्त क्षमताको बिकास हुन आवस्यक रहेको बताउनुभयो । व्यक्तित्व र नेतृत्व बिकास गर्न सकेमात्र समाज रुपान्तरणमा आफुलाई सहजै समायोजन गर्न सकिने बताउदै वडाअध्यक्ष बस्नेतले नेतृत्व क्षमता विकासकै लागि वडाबाट उद्घोषण तालिमको आयोजना गर्न स्थानीय संस्थासंग समन्वय र सहकार्य गरेको बताउनुभयो।
पेरी आर्वन अन्तगर्तका बिभिन्न संघसंस्थाका गरी ६० जना प्रशिक्षार्थीले सहधागिता जनाएको तालिममा प्रशिक्षक तथा करियर मिडिया बुटवलका राज चौधरीले युवाहरुलाई उद्घोषण कलाको बिकास गरी कुनै पनि बिषयबस्तुमाथी आफ्नो बिचार प्रस्ट राख्न सक्ने क्षमताको बिकास गर्नमा तालिम सफल रहनेमा बिश्वास ब्यक्त गर्नुभयो। प्रशिक्षार्थीहरुको तफैबाट रुपा भणडरी र नारायणी पाटा मगरले तालिमले कुन समयमा के कसरी बोल्ने र आफ्नो मनमा लागेको बिचारलाई अभिव्यक्त गर्न सक्ने क्षमता र आत्मबल प्राप्त गर्नमा सहयोग पुर्याएको अनुभव बताउनु भएको थियो। समन्वय समितिका अध्यक्ष लक्ष्मी पन्तको अध्यक्षता तथा कार्यक्रम संयोजक कृष्ण बहादुर विकको स्वागतमा समपन्न कार्यक्रममा शारदा श्रेष्ठले कार्यक्रम संचालन गर्नुभएको थियो।




