रुपन्देही ।
बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व बौद्ध सम्मेलनको तयारी सुरु भएको छ । लुम्बिनीमा विश्व बौद्ध शिखर सम्मेलन आगामी अक्टोबरमा गर्ने गरी तयारी थालिएको लुम्बिनी विकास कोषका सदस्य सचिव शानुराजा शाक्यले जानकारी दिनुभएको छ । साथै सम्मेलनकै अवसरमा बुद्ध जयन्ती पारेर ‘लुम्बिनी जाऊँ’ टिकटक प्रतियोगिता पनि आयोजना गरिएको छ ।
लुम्बिनीको थप प्रचारप्रसारका लागी टिकटक प्रतियोगिता आयोजना गरिएको कोषाध्यक्ष ढुण्डीराज भट्टराईले उल्लेख गर्नुभयो। साथै बुद्ध जयन्ती मनाउन आउनका लागि बुद्ध संस्कृति भएका राष्ट्रलाई निःशुल्क भिसाका लागि पहलका लागि निर्णय गरिएको जनाईएको छ तर कुन–कुन मुलुक भनेर किटान नगरिएको भट्टराईले बताउनुभयो ।