spot_img
spot_img
spot_img

रोटरी तिलोत्तमा रुपन्देहीद्वारा भैरहवाको पशुपति शिक्षा मन्दिरमा कम्प्यूटर ल्याव स्थापना

spot_img

रुपन्देही ।

रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीले भैरहवाको पशुपति शिक्षा मन्दिरमा कम्प्यूटर ल्याव स्थापना गरिदिएको छ । क्लवले आफ्नो स्थापना दिवसको अवसरमा सिद्धार्थनगर नगरपालिका वडा नं. ६ भैयाटोलमा रहेको विद्यालयमा आयोजना गरेको डिष्ट्रिक ग्राण्ड वर्ष २०२२–२३ अन्तरगत कार्यक्रममा १० वटा कम्प्यूटर सहितको ल्याव स्थापना गरेको हो ।
कम्प्यूटर ल्यावको उद्घाटन गर्दै रोटरी डिष्ट्रिक गभर्नर ईलेक्ट राजेन्द्र ध्वजूले विद्यालयमा कम्प्यूटर ल्याव स्थापनासँगै बालबालिकालाई कम्प्यूटर शिक्षा प्राप्त गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले क्लवको पहिचान हुने खालको परियोजना डिष्ट्रिकमा ल्याउन आग्रह गर्दै त्यसमा आफ्नो तर्फबाट पूर्ण सहयोग रहने भनाई राख्नुभयो ।
रोटरी तिलोत्तमा रुपन्देहीका अध्यक्ष विष्णुप्रसाद भण्डारीले विद्यालयमा ल्याबको आवश्यकता भएकाले ग्लोवल ग्राण्ड अन्तरगतको कार्यक्रममा ल्याब स्थापना गरेकाे जानकारी दिदै त्यसबाट विद्यार्थीले जतिसक्दो धेरै लाभ लिनु पर्ने भनाई राख्नु भयो । क्लवले आगामी दिनमा पनि यसप्रकारकाे सहयोगलाई निरन्तरता दिने बताउनुभयाे ।
विद्यालय व्यवस्थापन समितिका सचिव उमाशंकर पाठकले २०५९ सालमा विद्यालयको स्थापनासँगै सरकारी पाठ्यक्रम सहित नैतिक तथा आध्यात्मिक शिक्षा प्रदान गर्दै आएको जानकारी गराउनु भयो ।  विद्यालयमा अहिले ३५० विद्यार्थी अध्ययनरत रहेकाे उहाँले बताउनुभयाे ।
कार्यक्रममा रोटरी रिजन ५ का सचिव नरबहादुर श्रीस, क्लवका पूर्व अध्यक्ष बालकृष्ण अर्याल, उपाध्यक्ष निरञ्जन पोखरेल, मेम्बरशिप कमिटि चियर देवीलाल भट्टराईले भनाई राख्नु भएको थियो ।

यसैबिच क्लवको चार्टर डे को अवसरमा आयोजित उक्त कार्यक्रममा चार्टर मेम्बर (संस्थापक सदस्य)हरुलाई सम्मान गरिएको छ । त्यस अवसरमा क्लवका संस्थापक सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको क्लवका सचिव शंकर पाण्डेले जमनकारी गराउनु भयो । जाउलाखेल मञ्जुश्री क्लवको स्पोन्सरमा सन् २०१२ मा २२ जना सदस्यहरुबाट क्लव स्थापना गरिएको थियो । हाल यो क्लवमा ४१ जना सदस्य रहेको क्लवले जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img