spot_img
spot_img
spot_img

अब कञ्चनवासीले नि:शुल्क रगत पाउने

spot_img

कञ्चन ।

रुपन्देहीको कञ्चन गाँउपालिकावासीले जुनसुकै अस्पतालमा उपचारत भई रगत आवस्यक परेको बेला नि:शुल्क रगत पाउने भएका छन। आइतवार कञ्चन गाँउपालिकाको कार्यलयमा गाउपालिका र नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखा बिच भएको सम्झौता पश्चात कञ्चनवासीले नि:शुल्क रगत पाउने भएका हुन। गाउँपालिकाको तर्फबाट अध्यक्ष नवराज ढकाल, प्रमुख प्रशासकिय अधिकृत सागर गौतम र स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमले निःशुल्क रगत उपलब्ध गराउने सम्झौतपत्रमा हस्ताक्षर गर्नु भएको हो भने नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाको तर्फबाट शाखाका अध्यक्ष दीपक क्षेत्री, राधा ज्ञवाली तथा कञ्चन उपशाखाको तर्फबाट सभापति गंगालाल पौडेलले संयुक्त रुपमा हस्ताक्षर गर्नुभएको हो।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै कञ्चन गाँउपालिकाका अध्यक्ष नवराज ढकालले रगतको अभाव र रक्त सञ्चार केन्द्रले ल्याव परिक्षण पश्चात लिने रकम भुक्तानी गर्न नसकेकै कारण समयमै रगत नपाउने समस्याबाट कञ्चनवासीहरुलाई मुक्त बनाउन पालिकाको अथक प्रयास सफल भएको बताउनु भयो। अध्यक्ष ढकालले कञ्चन गाउपालिका रक्तदाताहरुको बाहुल्यता भएको समेत बताउनुभयो। अव कञ्चनवासीले सरकारी तथा निजी अस्पतालहरुमा उपचार गर्दा आवस्यक पर्ने जुनसुकै रगत रक्त सञ्चार केन्द्र बुटवल र भैरहवा स्थित मेडिकल कलेजबाट निःशुल्क प्राप्त गर्ने बताउदै अध्यक्ष ढकालले रक्तदान आफैमा पुण्य कर्म र महादान भएको बताउनुभयो।

यस्तै नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखा अध्यक्ष दीपक क्षेत्री न्यौपानेले रुपन्देहीका बिभिन्न स्थानीय तह तथा उपशाखाहरु मध्ये कञ्चन गाउँपालिकाबाट रक्तदान कार्यक्रमको आयोजना गरी धेरै रगत उपलब्ध गराउदै आइरहेको बताउनु भयो। कञ्चन गाउपालिकाले आफ्नो नागरिक प्रति अभिभावकयि जिम्मेवारी बहन गर्दै निःशुल्क रुपमा रगत उपलब्ध गराउने प्रतिवद्धता जाहेर गरी मानविय कार्यमा पालिकाको सहभागिता जनाएकोमा शाखाका अध्यक्ष न्यौपानेले धन्यवाद समेत ब्यक्त गर्नुभयो। सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा कार्यक्रममा वडा नं.२ का वडा अध्यक्ष टेकबहादुर गुरुङ, वडा नं. ३ का वडा अध्यक्ष टिकाराम सापकोटा, गाउँपालिका प्रवक्ता चित्रलाल तुलाचन, लेखा अधिकृत सन्तोष गैरे, नेपाल रेडक्रस सोसाइटी कञ्चन उपाशाखाका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img