बुटवल ।
बुटवल पाल्पा सडकखण्ड आजदेखी दैनिक ९ घण्टा अवरुद्ध हुने भएको छ । सडकखण्ड अन्तरगत बन्दै गरेको सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि मंगलबारदेखि दैनिक ९ घण्टा सडक बन्द रहने एक सुचना जारी गर्दै जानकारी गराईएको हो । रामापिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाइभर्सनको कार्य शुरु भएसंगै र माथिबाट खुकुला ढुंगा पहरोबाट खस्ने भएकाले सडक सूचारू गर्दा जोखिम हुने भएकाले हरेक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजे तथा रातको १० बजेदेखि विहान ४ बजेसम्म सडक बन्द गरिने भएको छ ।
आजपनि बिहान ११ बजेदेखी दिउँसो २ बजेसम्म सडक अबरुद्ध गरिएको थियो भने रातको १० बजेदेखि विहान ४ बजेसम्म सडक बन्द गरिदैछ । निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सडक कार्य सुरु गर्ने भएको छ । अर्को सूचना जारी नभएसम्म सडक बन्द रहने जनाईएको छ । साथै सडकमा एम्बुलेन्स लगायत अत्यावश्यकीय सवारी साधन सञ्चालनमा भने कुनै बाधा अवरोध नहुने बताईएको छ ।