spot_img
spot_img
spot_img

सबैखाले विभेद र व्यथितिको अन्त्य गर्न राष्ट्रिय जनमुक्ति पार्टीको माग

spot_img

रुपन्देही ।

देशमा दिनप्रतिदिन संस्थागत हुँदै गएको सबैखाले विभेद र व्यथितिको अन्त्य गर्न राष्ट्रिय जनमुक्ति पार्टी, (लुम्बिनी लुथम)ले माग गरेको छ। प्राप्त राष्ट्रिय उपलब्धीहरुको रक्षा गर्दै देशमा दिनप्रतिदिन संस्थागत हुँदै गएको सबैखाले विभेद र व्यथितिको अन्त्य गरी देशमा सुशासन–शान्ति र अमञ्चयन कायम गरी नेपाली जनतामा अमञ्चयन महशुस गराउन र मूलुकको दीर्घकालिन हितका लागि लुम्बिनी प्रदेशबाट नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै राष्ट्रिय जनमुक्ति पार्टी, प्रदेश परिचालन समिति (लुम्बिनी÷लुथम)ले प्रदेश प्रमुखलाई ज्ञापन पत्र बुझाएको हो ।

विज्ञप्तीमा भनिएको छ :
१- नेपाली जनताको हाल सम्मको बलीदानीबाट प्राप्त उपलब्धीहरु विशेषतः संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समावेशिता लगायतका राष्ट्रिय उपलब्धीहरु बिरुद्धमा नियोजित प्रहार र खारेजी समेतका दुस्प्रयास भईरहेको विभिन्न खाले घटनाक्रम र गतिविधिबाट प्रष्ट भईरहेको छ ।
२- मूलुकमा दिनप्रतिदिन खस्कदो अर्थतन्त्र, भ्रष्टाचारका राष्ट्रिय अपराध, वित्तिय तरलता, चर्को र चक्रवर्ती ब्याजदर आदिका कारण व्यापार तथा व्यवसायिक क्षेत्र धाराशायी हुनुका साथै अनियन्त्रित महङ्गीले नेपाली जनताको जनजीवन दिन प्रतिदिन कष्टकर हुँदै गईरहेको छ ।
३- वैदेशिक हस्तक्षेप बढ्दो छ । यसले गर्दा नेपालको राष्ट्रिय अस्मितामाथि गम्भीर प्रहार भईरहेको छ । नेपाली राष्ट्रियता र सार्वभौमसत्तामाथि आँच पुगीरहेको छ ।
४- “नेपाली जनताबाट पहिचानको सम्मानको माग भइरहेको प्रति सरकारको गम्भीर ध्यानकर्षण हुनु पर्नेमा थप उदासिनता कायम गरिदैछ । यसै सन्दर्भमा कोशी प्रदेश नामाकरण पश्चात् प्रदेश १ मा “पहिचान पक्षधरहरुको संघर्ष समिति”ले गरेको आन्दोलनका मागहरु अविलम्ब सम्बोधन गर्न र त्यस क्षेत्रका जनचाहाना र आवश्यकताको सम्बोधन गर्न सरकार गम्भीर हुनु पर्दछ। जनबलबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै देशमा व्याप्त सबै खाले व्यथितिको अन्त्य गर्दै भ्रष्टाचारमुक्त नेपाल निर्माणका लागि उपरोक्त मागहरु यथाशिघ्र पुरा गर्न नेपाल सरकार समक्ष राष्ट्रिय जनमुक्ति पार्टी, प्रदेश परिचालन समिति लुम्बिनी÷लुथम जोडदार माग गर्दछ” ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img