spot_img
spot_img
spot_img

भारतमा कोरोनाको संक्रमण तीव्र

spot_img

 एजेन्सी ।

भारतमा फेरि कोरोना संक्रमण तीव्र गतिमा बढ्नुका साथै संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा संक्रमणकै कारण १५ जनाको मृत्यु भएको छ भने ४ हजार ४ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ । यो संख्या एक वर्ष यताकै उच्च हो । संक्रमितको हिसाबले विश्वमा पहिलेनै १० मुलुकभित्र रहेको भारत अहिले कोरोनाबाट बढी ज्यान गुमाउने मुलुकमा पनि १० मुलुकभित्र परेको छ । अहिले सक्रिय संक्रमित २३ हजार भन्दा बढी रहेको छ । भारतीय सञ्चार माध्यमका अनुसार पछिल्लो ४ दिनमा २ यस प्रतिशतले संक्रमितको संख्यामा वृद्धि भइरहेको छ भने यो अवधिमा ४० जनाले ज्यान गुमाएका छन् । भारतमा कोरोना सुरु भए यता साढे चार करोड बढी कोरोनाबाट संक्रमित भइसकेका छन् भने ५ लाख ३० हजार ९ सय १६ जनाले ज्यान गुमाएका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img