spot_img
spot_img
spot_img

अर्घाखाँचीको मदरसा दर्ता गराउन उपाध्यक्ष मशहूदको पहल

spot_img

अजय मिश्र, कपिलवस्तु ।

लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली सहितको टोलीले अर्घाखाँची जिल्लामा रहेको मदरसाको अनुगमन गर्नुभएको छ। लुम्बिनी प्रदेशमा रहेको अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं २ मा रहेको इस्लामीया अहले सुन्नत नूरी सन्धिखर्क नगरपालिका वडा नं ४ वाग्ला मा रहेको मदरसा अहले सुन्नत अन्जुमनको अनुगमन गर्नुभएको हो । सो अनुगमनमा अकिल मियाँ, सुफी मियाँ, दिलदार हुसेन, अहमद मियाँ, अफजाल मियाँ, जमालदीन मियाँ, अनवर आली, मोदिम मियाँ, सलीम हुसेन, सफर अली मियाँ, सकर मियाँ, सामी मियाँ, टुकुरा मियाँ लगायत संबंधित मदरसाका सरोकारवाला लगायतसंग भेटघाट गरि मदरसाको अवस्था बारे जानकारी लिनुभएको थियो । मदरसाका अनुगमनका क्रममा दुई वटै मदरसाहरू सरकारी तवरले दर्ता नरहेको ठहर उपाध्यक्ष मौलाना मशहूद सहितको टोलीले जानकारी पाएको थियो ।

मशहूद सहितको टोलीले दुई वटा मदरसा हरू दर्ता नरहेको पाएपछि सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ तथा प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुषाल लगायत संग वृहत क्षलफल गरि सो मदरसा लाई तत्काल प्रक्रिया पुर्याई दर्ता गर्नु पर्ने आवश्यकता रहेको र मरसा दर्ता न हुदाँ राज्यबाट मदरसाले पाउने सेवा सुबिधा बाट समेत बंचित रहेको अवस्था हुन्छ तसर्थ तत्काल दर्ता गर्न आग्रह गरेको र नगर प्रमुखले मदरसा दर्ता गर्ने आश्वासन दिएको उपाध्यक्ष मशहूद खांले जानकारी दिनुभयो । अर्घाखाँचीको मदरसा अनुगममा उपाध्यक्ष खां संगै राष्ट्रीय मदरसा संघ नेपालका अध्यक्ष डा अब्दुलगनि अल्कूफी, राष्ट्रीय मदरसा संघ नेपालका सल्लाहकार मौलाना जहिर अहमद बरेलवी, अलताफ अहमद खां , अब्दुल समद खां नेपाली, असरफ खान लगायत रहनुभएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img