रुपन्देही ।
रुपन्देहीमा एक दिवसीय जनआन्दोलन दिवस एक कार्यक्रम गरी मनाईएको छ । नेकपा मशाल जिल्ला समिति रुपन्देहीको आयोजनामा एक दिवसीय जनआन्दोलन दिवस बिशेष कार्यक्रम गरिएको हो । २०४६ चैत्र २४ गतेलाई जनआन्दोलनको क्रम बद्द्तामा प्रथम जनआन्दोलन भनेर उच्चारण गरिदै आईएको छ। पार्टीद्वारा आयोजित कार्यक्रममा पोलिटब्युरो सदस्य कृष्णराज पौडेलको प्रमुख आथित्यता रहेको थियो । वर्तमान समसामयिक राजनीतिक परिस्थिति , चैत्र २४ को स्प्रिट, वार्ता सम्वाद लगायतबारे पौडेलले मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले जनआन्दोलनको चर्चा गर्दै अहिलेको बेथिति बदल्न चैत्र २४ को भन्दा अझै सशक्त आन्दोलनको खाँचो औंलाएका थिए । उक्त कार्यक्रमको सञ्चालन मनिराम सापकोटाले गर्नृभएको थियो ।