काठमाण्डौ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई ५७ रनले हराउदै जित निकालेको छ । गुवाहिटीमा भईरहेको क्रिकेटमा राजस्थानले दिएको २ सय रनको लक्ष्य पछ्याएको दिल्लीले ९ विकेट गुमाएर १ सय ४२ रन मात्रै बनाएको हो । राजस्थान ४ अंकसहित शीर्ष स्थानमा छ भने दिल्लीले तीन खेलमा खाता खोल्न नसकेकोपछि अन्तिमबाट दोस्रो स्थानमा रहेको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??