spot_img
spot_img
spot_img

बाग्मती प्रदेशमा कांग्रेसका २ मन्त्रीद्धारा शपथ ग्रहण

spot_img

काठमाण्डौ ।

बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा आफूले सम्हालेका आठमध्ये दुई वटा मन्त्रालयमा दुई जना मन्त्रीलाई नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाको नेतृत्वमा कांग्रेस प्रदेश सरकारमा गएसंगै लामा आर्थिक मामिला तथा योजनामन्त्री र काभ्रेका कांग्रेस सांसद तीर्थ लामा खानेपानी ऊर्जा तथा सिँचाइमन्त्रीका रूपमा नियुक्त हुनुभएको छ । उहाँहरु दुवै जना मन्त्रीलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आईतबार शपथ ग्रहण गराउनुभएको छ । अझै मुख्यमन्त्रीले अरू पाँच वटा मन्त्रालयको जिम्मेवारी लिनुभएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img