spot_img
spot_img
spot_img

छात्रालाई अश्लील सामग्री देखाउने शिक्षक कारबाहीमा, १ वर्ष ३ महिना कैद सजाय

spot_img

काभ्रेपलाञ्चोक ।

काभ्रेपलाञ्चोकमा छात्रालाई अश्लील सामग्री देखाएको आरोपमा एक शिक्षक कारबाहीमा परेका छन । जिल्ला अदालत काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला न्यायाधीश मोहनराज भट्टराईको इजलासले महाभारत गाउँपालिका–३ को सिद्देश्वर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक देविन्द्रकुमार विष्टलाई छात्रालाई अश्लील सामग्री देखाएको आरोपमा एक वर्ष तीन महिना कैद, १५ हजार रुपैयाँ जरिवाना गरेको हो । साथै चार सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्न पनि भनेको छ।
अनुसन्धानका क्रममा कक्षा ८ मा अध्ययनरत छात्रछात्रालाई विष्टले आफ्नो मोबाइलबाट कक्षाकोठामै यौनजन्य अश्लील भिडियो देखाएको अभियोग पुष्टि भएको थियो । यसअघि धरौटीमा रिहा गरिएका विष्ट अहिले फरार छन् ।त्यस्तै अदालतले पीडित २७ बालबालिकालाई जनही १० हजार रुपैयाँका दरले क्षतिपूर्ति भराउने फैसला गरेको हो। जिल्ला प्रहरी कार्यालय धुलिखेलले फरार शिक्षक विष्टको खोजी भइरहेको जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img