काठमाडौं ।
व्यवसायीसँग घुस मागेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद ढाकाकुमार श्रेष्ठसँग बयान लिएको छ । मंगलबार पार्टी कार्यालयमा रास्वपा अनुशासन समितिले सांसद ढाकाकुमारसँग एक घण्टासम्म बयान लिएको हो । श्रेष्ठले ‘स्वास्थ्यमन्त्री बन्नका लागि दुर्गा प्रसाईँसँग २ करोड मागेको अडियो सार्वजनिक भएपछि पार्टीमाथि नै प्रश्न उठेकाले उनीसँग बयान लिईएको हो । रास्वपा अनुशासन समितिका संयोजक भरतमणि देवकोटाका अनुसार बयानका क्रममा पनि सांसद श्रेष्ठले अडियोमा सुनिएको आवाज आफ्नो नभएको र एडिट गरिएकोे दाबी गर्दै यस विषयमा पार्टीले गर्ने जुनसुकै निर्णय आफूलाई स्वीकार्य हुने बताएका छन। अडियो टेप सार्वजनिक भएपछि उनी पार्टीको निलम्बनमा परेका छन । यसअघि पार्टीको आदेश अनुसार श्रेष्ठले सोमबार पार्टीलाई स्पष्टीकरण बुझाएका थिए ।