बुटवल।
व्यवसायिक संस्थाहरुको संयुक्त बैठक बुटवलमा सम्पन्न भएको छ । चर्को बैंक ब्याजदर, महंगो घरभाडा लगायतका विविध कारणबाट व्यापार व्यवसायमा समस्या देखा परेको उनीहरुको गुनासो छ । बैठकले चर्को घरभाडा र बैंक ब्याजका विषयमा आन्दोलनका कार्यक्रम तय गर्न व्यवसायिक संघ–संस्थाहरुको संजालको बृहत बैठक आव्हान गर्ने निर्णय गरेको छ । रुपन्देही व्यापार संघ, रुपन्दही उद्योग संघ, बुटवल उद्योग वाणिज्य संघ, उद्योग व्यापार संघ र नेपाल घरबहाल सरोकार संघको रुपन्देही व्यापार संघको भवनमा बसेको संयुक्त बैठकले घट्दो र खस्कदै गइरहेको व्यापारलाई बचाएर आफूपनि चल्ने र सबैलाई चल्ने अवस्था बनाउनु आजको अपरिहार्य आवश्यकता भएको ठहर गर्दै घरबहाल घटाउन घरधनीहरुलाई सामूहिक आग्रह गरेको हाो ।त्यसैगरी बैठकले चर्को बैंक ब्याजविरुद्ध चरणबद्ध आन्दोलनको खाका बैठकले तयार गर्ने निर्णय गरेको छ ।
अपिलमा बढ्दो आर्थिक मन्दीबाट आम उपभोक्ता तथा घरधनी महानुभावहरुलाई पनि प्रत्यक्ष असर परेको उल्लेख गर्दै बढ्दो आर्थिक मन्दीका कारण व्यापार नभएपछि बुटवल वजारमा घरभाडा लिएर व्यवसाय सञ्चालन गरेका व्यवसायीहरु पसल बन्द गर्ने संख्या बढ्दै गएको र बजार विस्थापित हुने क्रम बढ्कोप्रति चिन्ता व्यक्त गरिएको छ ।