spot_img
spot_img
spot_img

आजदेखि व्यक्तिगत घटना दर्ता सप्ताह मनाईदै

spot_img

काठमाडौं ।

सरकारले शुक्रबारदेखि वैशाख ७ गतेसम्म व्यक्तिगत घटना सप्ताह मनाउने भएको छ । समयमै दर्ता गराउन नागरिक जागरुक हुन् भन्ने उद्देश्यले व्यक्तिगत घटना दर्ता सप्ताह मनाउँदैछ।शुक्रबारदेखि ७ गतेसम्म देशैभर व्यक्तिगत घटना दर्ता सप्ताह मनाउने गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको हो।

जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँसराई जस्ता व्यक्तिगत घटना भएको ३५ दिनभित्र दर्ता गराउन विभागले आग्रह गरेको छ । विभागले सबै स्थानीय तहलाई परिपत्र गर्दै वैशाख पहिलो साता व्यक्तिगत घटना दर्ताका लागि जनचेतनामूलक कार्यक्रम गर्न समेत अनुरोध गरेको हो । घटना भएको ३५ दिनभित्र दर्ता गराउँदा कुनै शुल्क नलाग्ने पनि विभागले जनाएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img