spot_img
spot_img
spot_img

प्रकाश सपूतको “फुलमाया” युट्युब ट्रेन्डिङको पहिलो स्थानमा

spot_img

काठमाडौँ ।

गायक प्रकाश सपूतले भर्खर मात्रै बजारमा सार्वजनिक गरेको सकम्बरी बोलको गीत युटयुव ट्रेन्डिङको पहिलो स्थान ओगट्न सफल भएको छ। बिहीबार सार्वजनिक गरेको नयाँ गीत ‘सकम्बरी’ अर्थात फूलमाया अहिले निकै चर्चामा आएको हो। यो समाचार तयार गर्दासम्म उक्त गितले ८ लाख १५ हजार भ्युज पाएको छ। गायक प्रकाश सपुतको शब्द, सङ्गीत र स्वरमा रहेको यो गीतको सङ्गीत संयोजन भने सुदीप सागरले गर्नुभएको छ।

गीतमा सपूत संगै बर्ता गन्धर्वको स्वर रहेको छ। भिडियोमा सपूत, कुसुम शर्मा, सुनिल थापा, निक्स शर्मा, सरिता राजोपाध्याय, सन्जोग रसाइली, सरस्वती अधिकारी, सालिक भण्डारी लगायतको अभिनय रहेको छ। गीतको भिडियोमा भने कलाकार बन्ने सपना बोकेर गाउँबाट सहर छिरेकी एक युवती (फूलमाया)को कथा बुनिएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img