काठमाण्डौ ।
बाङ्मय शताब्दी पुरुष स्वः सत्यमोहन जोशीकी श्रीमती राधा देवीको निधन भएको छ । १०० वर्षीया राधा देवीको उपचारको क्रममा ललितपुरको किष्ट अस्पतालमा शनिबार बिहान निधन भएको उहाँको परिवारले जनाएको छ। गएको चैत १६ गतेदेखि श्वा सप्रश्वासका समस्या कारण उहाँ किष्ट अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।
सत्यमोहन जोशी र उहाँकी श्रीमतीले चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किष्ट मेडिकल कलेजलाई मरणोपरान्त आ–आफ्नो शरीर दानको घोषणा गर्नुभएको थियो। जोशीको शरीर पनि मरणोपरान्त किष्ट अस्पताललाई हस्तान्तरण गरिएको थियो भने राधादेवीको शरिर पनि अस्पताललाई हस्तान्तरण गरिनेछ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??