spot_img
spot_img
spot_img

ओमानसँगको एकदिवसीय अभ्यास खेलमा नेपाल ५ विकेटले विजयी

spot_img

काठमाण्डौ ।

ओमानसँगको एकदिवसीय अभ्यास खेलमा नेपाल ५ विकेटले विजयी भएको छ। त्रिवी मैदान कीर्तिपुरमा ओमानले दिएको २ सय ४७ रनको लक्ष्य नेपालले ४४ ओभर ४ बलमा ५ विकेट गुमाएर भेटाएको थियो । एसीसी प्रिमियर कप अघि नेपालले ओमानसँग अभ्यास खेल खेलेको हो। यसअघि पहिले ब्याटिङ गरेको ओमानको लागि शोहिब खानले सर्वाधिक ८९ र कश्यप प्रजापतिले ४२ रन बनाएका छन। यो अभ्यास खेल भएकाले अन्तर्राष्ट्रिय मान्यता पाएको छैन।

एसीसी प्रिमियर कप मंगलबार वैशाख ५ देखि १८ गतेसम्म कीर्तिपुर र मुलपानी मैदानमा हुँदैछ। समूह ‘ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरब रहेका छन। समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन। नेपालले तीन खेल कीर्तिपुर मैदानमा र एउटा खेल मुलपानीमा खेल्नेछ । नेपालले पहिलो खेल वैशाख ५ गते मलेसियासँग खेल्दै सुरुवात गर्नेछ । नेपालले दोस्रो खेल वैशाख ८ गते ओमानसँग खेल्नेछ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img