बुटवल ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले राष्ट्रियता संकटमा परेको बताउनुभएको छ। साथै राष्ट्रियताको पक्षमा कलम चलाउन सञ्चारकर्मीहरुलाई उहाँले आग्रह गर्नुभयो। प्रेस चौतारी रुपन्देहीको शनिबार बुटवलमा आयोजित २४औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले राष्ट्रियताको पक्षमा कलम चलाउन पत्रकारहरुलाई आग्रह गर्नुभयो। नेकपा एमाले नेतृत्वको सरकारले राष्ट्रियताको पक्षमा गरेका राम्रा कामको उचित प्रचार नभएको मुख्यमन्त्री गिरीले गुनासो समेत गर्नुभयो। साथै गिरीले बामपंथी दलहरु विभाजित हुंदा राष्ट्रियता कमजोर भएको र केही दलहरु वामपन्थीको नाममा विदेशी शक्तिको स्वार्थका लागि काम गरेको बताउदै संघीयता काम छैन भन्ने आवाज उठ्न थालेको औंल्याउंदै २ कार्यकाल पुरा नहुदै खराब भन्न नमिल्ने बताउनुभएको छ।
कार्यक्रममा नेकपा एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसी, एमाले नेताहरु मोहन चापागाई, हितराज पन्थी, प्रेस चौतारीका अग्रज नेताहरु डिआर घिमिरे, शेरबहादुर केसी, इन्दिर अर्याल, प्रेस चौतारी केन्द्रीय सचिव प्रदीप आचार्य, प्रेस चौतारीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज अमृत गिरी, प्रदेश महासचिव निरु गौतम, जिल्ला उपाध्यक्ष भगवती पाण्डे लगायतले आआफ्ना भनाई राख्नुभएको थियो। साधारणसभामा जिल्ला अध्यक्ष लक्ष्मण पौडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सचिव केशव भण्डारीले संगठनात्मक र कोषाध्यक्ष दिनेश श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो। सो अवसरमा प्रेस चौतारीका केन्द्रीय सदस्य टि.आर शर्माले जिल्ला शाखाले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा २५ हजार ५ सय २५ रुपैयांको चेक हस्तान्तरण गर्नुभएको छ।