spot_img
spot_img
spot_img

लुम्बिनीका मुख्यमन्त्री गिरीले वैशाख ११ गते पुनः विश्वासको मत लिदै

spot_img

दाङ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले यही वैशाख ११ गते पुनः विश्वासको मत लिदै हुनुहुन्छ । मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव कृष्ण कुमालका अनुसार गएको चैत १२ गते नेकपा माओवादी केन्द्र लगायतका अन्य दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएसगै एमालेका गिरीले विश्वासको मत लिन लाग्नुभएको हो। प्रदेश सभाको बैठक बैशाख ११ गते बिहान ११ बजेका लागि बोलाईएका प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो ।

यता लुम्बिनीमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै विभिन्न आठ दलका ५३ जना सांसदले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाइसकेका छन्। ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ मत चाहिन्छ। लुम्बिनीमा एमालेका २९ र राप्रपाका चार जना सांसदले मात्रै सरकारलाई समर्थन गरेका छन् । मुख्यमन्त्री गिरीले यसअघि गएको माघ ५ गते विश्वासको मत लिनुभएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img