कञ्चन ।
रुपन्देहीको गैडहवामा जारी अध्यक्ष कप नकआउट फुटवल प्रतियोगिता अन्तर्गत क्वाटर फाइनलको खेल सम्पन्न भएका छन। प्रतियोगिताको अन्तिम क्वाटर फाइनल खेलबाट फर्साटिकर एफसी सेमी फाइनलमा प्रवेश गरेको छ । सोमबार भरतपुर २४ चितवन र रुपन्देहीको फर्साटिकर एफसीबिच भएको क्वाटर फाइनल खेलमा फर्साटिकर एफसी सेमी फाइनलमा प्रवेश गरेको हो। फर्साटिकर एफसीले भरतपुर २४ चितवनलाई २-० गोल अन्तरले पारजित गरेको हो।
खेलको पहिलो हाफसम्म दुवै टिमका खेलाडीहरु आक्रमक रुपमा खेलेको भएपनि दुबै टिमका स्ट्राइकरका लागि गोल गर्ने अवसरलाई सदुपयोग गर्न नसक्दा गोलरहित बराबरीमा सकिएको थियो। तर दोश्रो हाफ पछि भने दुबै टिमबाट बललाई गोलपोष्ट चुमाउने प्रयत्नलाई फर्साटिकरका टिकाराज गुरुङ्ग र बलराम न्यौपानेले मात्र अवसरलाई सदुपयोग गर्दै २-० गोल अन्तरले भरतपुरलाई पराजित गर्दै फर्साटिकर सेमीफाइनलमा प्रवेश गर्न सफल भएको हो। आजको खेलमा फर्साटिकरका टिकाराज गुरुङ्ग म्यान अफ द म्याच बन्न सफल भएका छन।
यही ९ गते सम्म सञ्चालन हुने गैडहवा गाउपालिका अध्यक्ष कप नकआउट फुटवल प्रतियोगिताको सेमीफाइनलको खेल बुधबारदेखि शुरु हुने छ। बुधबार देखि हुने सेमीफाइनलमा लिस्नु युवा क्लव र गोल बजार सिराह तथा फर्साटिकर एफ।सी र राइजिङ्ग स्टार बिच प्रतिस्पर्धा हुने खेल संयोजक खेम पुनले जानकारी दिनुभएको छ। गैडहवा गाउपालिका संरक्षक र सो पालिकाका ९ वटै वडाको आर्थिक सहयोग रहेको प्रतियोगितामा उपविजेता टिमले २ लाख २ हजार २२२ रुपैया तथा उपविजेता टिमले १ लाख १ हजार १११ रुपैया सहित कप र मेडल प्राप्त गर्ने न्यू एभरेष्ट युवा क्लवका अध्यक्ष प्रकाश ठकुरीले जानकारी दिनु भएको छ। गैडहवा गाउपालिका वडा नं ८ को देबिनगर खेल मैदानमा भइरहेको प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रदर्शन गर्ने प्रतियोगिताका बिभिन्न बिधाहरुमा समेत पुरस्कार रहेको खेल संयोजक खेम पुनले जानकारी दिनुभएको छ।