spot_img
spot_img
spot_img

वैशाख ६ गतेदेखि बालबालिकालाई भिटामिन ‘ए’ खुवाईने

spot_img

काठमाडौं ।

बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सरकारले यही वैशाख ६ र ७ गते कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १२ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने जनाएको छ । आफ्‍ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत भिटामिन ए र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ । सरकारले प्रत्येक वर्ष बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै आएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img