spot_img
spot_img
spot_img

भैरहवाको तापमान ४२ डिग्री सेल्सियस नाघ्यो, देशकै सबैभन्दा बढी गर्मी मापन

spot_img

भैरहवा ।

रुपन्देहीको भैरहवा तथा यस क्षेत्रका आसपासको तापमान ४२ डिग्री सेल्सियस भन्दा बढी पुग्दा यहाँको जनजीवन प्रभावित बनेको छ। यो बर्षको सुरुवात मै तापक्रम बढ्दै जाँदा तराईमा जनजिवन प्रभावित बनेको छ । आज नेपालमै सबैभन्दा बढी गर्मी भैरहवामा मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले प्रकाशित गरेको बुलेटिन अनुसार भैरहवाको अधिकतम तापमान ४२ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको हो । यस्तै नेपालगञ्जको ४० दशमलव पाँच र सिमराको ३९ दशमलव नौ डिग्री सेल्सियस मापन गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन वर्षा हुने सम्भावना कम रहेकाले अधिकतम तापक्रमले निगरानी, सर्तकता वा चेतावनीको सीमा पार गर्ने सम्भावना रहेको जनाएको छ । देशका तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन शाखाले अनुरोध गरेको छ । गर्मीका कारण भैरहवा तथा यस आसपासका स्थानीयवासीको दैनिकी प्रभावित बनेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img