काठमाण्डौ ।
राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिने भएको छ। उहाँलाई एअर एम्बुलेन्सबाट बुधबार बिहान श्री एअरलाइन्सको एअर एम्बुलेन्स मार्फत भारतको नयाँदिल्लीमा रहेको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स ९एम्स० मा लैजान लागिएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पौडेलले जनाकारी दिनुभएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई हिजो अस्पताल लगिएको थियो। तर, स्वास्थ्यमा सुधार नभएपछि उहाँलाई आज भारत लैजान लागिएको हो।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??