spot_img
spot_img
spot_img

हरैया बहुमुखी क्याम्पसमा पढ्दै कमाउदै शिक्षा कार्यक्रमबारे अभिमुखीकरण कार्यक्रम

spot_img

कञ्चन ।

रुपन्देहीको हरैया बहुमुखी क्याम्पसमा पढ्दै कमाउदै शिक्षा कार्यक्रमबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा डिग फर नेपालका अध्यक्ष नारायण सिग्देल तथा महासचिव सुमन दाहालले विद्यालय तथा उच्च शिक्षालायमा अध्ययन गर्दै गर्दा के कसरी आम्दानी गर्न सकिन्छ भन्नेबारे प्रशिक्षण दिनुभएको थियो। अभिमुखीकरण कार्यक्रममा सहभागी बिधार्थीहरुलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी तथा कञ्चन गाँउपालिकाका अध्यक्ष नवराज ढकालले कञ्चन गाँउपालिकाका हरेक विद्यालयहरुमा अध्ययन गर्ने विधार्थीहरुले पढदै कमाउदै गर्न सक्नेगरी विद्यालयकै समयमा आयआर्जन मुलक कार्यक्रमहरुमा संलग्न बनाउनका लागि गाउँपालिकाले पढ्दै कमाउदै कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।

यस्तै सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवकला खनालले कार्यक्रमबारे आफ्नो विद्यालय परिक्षणकालिन समयमा रहेको र उचित वातावरण सहितको ब्यवस्थापन र लगानी हुनसके विद्यालयमा पढ्दै कमाउदै कार्यक्रम प्रभावकारी हुन विश्वास ब्यक्त गर्नुभएको छ। कार्यक्रमको अध्यक्षता गर्नुभएका क्याम्पस प्रमुख प्रकाश खनालले डिग फर नेपालको योजना र परिकल्पनामा सञ्चालित पढ्दै कमाउदै कार्यक्रमले देशव्यापी रुपमा चर्चा भइरहेको र यसको प्रभावकारिताले शैक्षिक संस्था र उक्त शैक्षिक संस्थामा अध्ययन गर्ने बिधार्थीरु आयआर्जन संग जोडिएर ब्यवहारिक र सिपमुलक शिक्षासंग समेत जोड्न सहयोग गरिरहेको बताउनुभयो। शिक्षाशास्त्र संकायका प्रमुख विनोद पौडेलको स्वागत तथा प्राध्यापक केवि धुवाँलेको संचालनमा कायर्यक्रम सम्पन्न भएको हो।

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img