गुल्मी ।
गुल्मीमा आगो निभाउने क्रममा एक जना बालकको मृत्यु भएको छ। बर्दवास जङ्गलमा लागेको आगो बस्तीमा आउन थालेपछि परिवारसहित आगो निभाउन गएका धुर्कोट गाउँपालिका–३ हाडहाडेका १३ वर्षीय दीपक मुखिया आगोमा परेर जलेका थिए । उपचारका क्रममा आज बिहान मिसन अस्पताल पाल्पामा ज्यान गएको हो । आगो निभाउने क्रममा हाडहाडेकै ५५ वर्षका धनबहादुर कुँवर घाइते भएका छन। उनलाई पाल्पामा उपचार हुन नसकेपछि आज बिहान थप उपचारका लागि बुटवल रेफर गरिएको प्रहरीले जनाएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??