काठमाण्डौ ।
आईसीसी मेन्स प्रिमियर लिगमा मलेसियाले ओमानलाई दुई सय २८ रनको लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा भईरहेको खेलमा टस हारेर ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय २७ रन बनाएको हो ।
एसीसी प्रिमियर कपको समूह “ए” मा नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब र समूह “बी” मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??