spot_img
spot_img
spot_img

कञ्चनमा शिक्षकहरुका लागि सूचना प्रविधि सम्बन्धी तालिम

spot_img

ओसिङ्ग थापा मगर, कञ्चन ।

रुपन्देहीको कञ्चन गाँउपालिकाका सामुदायिक विद्यालयका सूचना अधिकारीहरुको लागि ५ दिने सूचना प्रविधि सम्बन्धी क्षमता विकास तालिम सञ्चालन गरिएको छ। कञ्चनका सामुदायिक विद्यालयहरुको नियमित शैक्षिक कार्यक्रम तथा विद्यालयहरुबाट सञ्चालन गरिने विभिन्न कृयाकलाप सञ्चालन तथा सुचना प्रबिधिको प्रयोग गरि गुगल सिट, गुगल ड्राइभ, गुगल फर्मको प्रयोग गरि गुगल क्लासरुम, गुगल सिट स्लाइड तयार पार्न नेपाल सरकारको लर्निङ पोर्टल प्रयोग गर्न सक्षम बनाउने उद्धेश्यका साथ बिद्यालय सूचनाका श्रोत शिक्षकहरुलाई क्षमता विकास सम्बन्धी तालिम सञ्चालन गरिएको हो। तालिमको शुभारम्भ गर्दै कञ्चन गाँउपालिकाका अध्यक्ष नवराज ढकालले विद्यालयलाई प्रविधिमैत्री बनाई प्रविधिमा आधारित शैक्षिक कृयाकलाप सञ्चालन गर्न आधुनिक प्रविधिको अधिक्तम उपयोग बढाउन शिक्षकहरुलाई सूचना प्रविधि सम्बन्धी क्षमता बिकासका लागी तालिम सञ्चालन गरिएको बताउनुभयो।

सुचना प्रविधिको प्रयोग गरि स्रोत शिक्षकको क्षमता बढाइ बिद्यार्थिको शिक्षण सिकाईलाई अझ प्रभावकारी बनाउन र बिद्यालयलाई सुचनामैत्री बनाउनु पर्ने आवस्यकतालाई गाउँपालिकाले प्राथमिकतामा राखेको अध्यक्ष ढकालले उल्लेख गर्नुभयो। कञ्चन गाँउपालिकाका कार्यपालिका सदस्य तथा सामाजिक बिकास समितिका संयोजक चित्र तुलाचनले अव बिद्यालयहरुमा पुरातन शैलीको शिक्षण कृयाकलापमा आधारित नभई आधुनिक सूचना प्रविधिमैत्री शैक्षिक कृयाकलाप संचालन गर्न यस शैक्षिक सत्र देखि विद्यालयमा सूचना प्रविधि श्रोत शिक्षकको व्यवस्था गर्न सबै विद्यालयहरुलाई निदेृशन समेत दिईएको उल्लेख गर्नुभयो। तालिममा सहभागी शिक्षकहरुलाई स्वागत गर्दै शिक्षा शाखा, कञ्चनका प्रमुख रमेश भुसालले बिद्यालयहरुमा सूचना प्रविधिको आवस्यकता र त्यसको अधिक्तम उपयोगबाट शिक्षण सिकाईमा हुने प्रभावकारीताका बारेमा जानकारी दिनुभएको थियो। जनज्योती माध्यमिक विद्यालयमा सञ्चालन गएिको तालिममा सुरेन्द्र पोख्रेल र ईश्वरी ज्ञवालीले प्रशिक्षण दिनु भएको छ भने यही बैशाख १४ गतेसम्म तालिम संचालन हुनेछ।

 

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img