काठमाण्डौ ।
गएको २४ घण्टामा ८१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार तीन सय छ जनाको नमुना परीक्षण गर्दा ८१ जनामा कोरोना सङ्क्रमण देखिएको जनाएको छ। सोही अवधिमा ५४ जना सङ्क्रमित निको भएका छन् भने अहिले नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ७० जना पुगेको छ। सक्रिय सङ्क्रमितमध्ये २२ जना संस्थागत आइसोलेशन, तीन जना सघन उपचार कक्ष (आईसीयू) मा र एक जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??