चितवन ।
प्रतिनिधि सभा सदस्यको उपचुनाव अन्तर्गत चितवन क्षेत्र नम्बर २ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता कायमै राखेको छ। पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको ४३५८ मत आउदा नेकपा एमालेका रामप्रसाद न्यौपानेले २५८५ मत प्राप्त गर्नुभएको छ । यस्तै नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठले २२०५ मत ल्याउनुभएको छ । अहिले इच्छाकामनाको हात्तीवङ र भार्लाङको मतगणना भइरहेको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??