spot_img
spot_img
spot_img

भक्तपुर नगरपालिकाका प्रमुख प्रजापति सहित ३ जना ‘नागरिक नायक’-२०८०बाट सम्मानित

spot_img

१२ वैशाख, काठमाडौं।

नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १५ औं वार्षिकोत्सवको अवसरमा सोमबार विशेष कार्यक्रमको आयोजना गरी नेपाली समाजका लागि उत्कृष्ट योगदान पु¥याउने ३ जनालाई ‘नागरिक नायक’ को सम्मान प्रदान गरेको छ । वार्षिकोत्सवको अवसरमा हरेक वर्षजस्तै यो वर्ष पनि विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउने ३ जनालाई नागरिक रिपब्लिक मिडियाले नागरिक नायकको सम्मान प्रदान गरेको हो । स्थानीय तहमा देशकै लागि उदाहरणीय काम गरेकोमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई ‘नागरिक नायक २०८०’ को रुपमा सम्मान गरिएको हो ।

भक्तपुर नगरपालिकाको तर्फबाट नागरिक नायक २०८० को सम्मान ग्रहण गर्दै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाको आजको सफलता नेमकिपाका अग्रज नेता कार्यकर्ताले दशकौंदेखि इमान्दारीपूर्वक गर्दै आएका कामकै देन भएको बताउनुभयो । उहाँले उक्त सम्मानलाई भक्तपुरका जनताले गरेको कामको सम्मानको रुपमा आफुले लिएको बताउनुभयो । उहाँले भक्तपुरका जनप्रतिनिधिहरुको इमानदारिता र निःस्वार्थ रुपले देश र जनताको सेवा गर्ने भावनाले गर्दा नगरपालिकाले नविन अभ्यासहरु गर्न सफल भएको बताउनुभयो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायनमाण बिजुक्छेले २०५६ सालतिर १५ वर्ष भित्र एक घर एक स्नातकको घोषणा गर्नु भएपछि भक्तपुरमा शैक्षिक परिवर्तन भएको सो अवसरमा उहाँले बताउनुभयो। भक्तपुर नपाले हाल ८ वटा कलेज सञ्चालन गरी देशभरिका ७ हजारभन्दा बढी विद्यार्थीहरुलाई सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको चर्चा गर्दै ख्वप विश्वविद्यालय सञ्चालन गर्ने नगरपालिकाको दीर्घकालीन उद्देश्य रहेको र ढिलोचाडो भक्तपुर नपाले ख्वप विश्वविद्यालय सञ्चालनको स्वीकृति पाउनेमा उहाँले आशा व्यक्त गर्नुभयो ।

नेमकिपाका अध्यक्ष का। नारायणमान बिजुक्छेँ (रोहित)ले लेख्नुभएको १ सय वर्षपछिको भक्तपुरको परिकल्पनालाई साकार पार्ने आधारहरु निर्माणमा भक्तपुर नपा अग्रसर रहेको प्रमुख प्रजापतिले बताउनुभयो। नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलसँगको संवादमा उहाँले भन्नुभयो, “भक्तपुर नपा देशकै एकमात्र स्थानीय तह हो जसले सम्पदा पुनःनिर्माण र विकास निर्माणमा विदेशीको सहयोग अस्वीकार गरेको छ ।भक्तपुरबासी जनताकै साथ र सहयोगमा अघिल्लो कार्यकालमा मात्र भूकम्पबाट भत्केका १२४ वटा सम्पदा र दोस्रो कार्यकालको ११ महिनामा १४ वटा भन्दा बढी सम्पदा पुनःनिर्माण गरी सकेको र हाल २१ वटाभन्दा बढी सम्पदा निर्माणाािधन अबस्थामा रहेकोमा गौरवको अनुभूति भएको छ ।”

कार्यक्रमको उद्घाटन पानसमा दीप प्रज्ज्वलन गरी सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुभएको थियो भने नेपाल रिपब्लिक मिडियाका निर्देशक शोभा ज्ञवालीले संस्था स्थापनाको उद्देश्यबारे प्रष्ट पार्दै देश र समाजको निःस्वार्थपूर्वक सेवा गर्ने व्यक्ति नै समाजको नायक भएको बताउनुभयो ।कार्यक्रममा नेपाल रिपब्लिक मिडियाकी कार्यकारी निर्देशक समृद्धि ज्ञवालीले स्वागत मन्तव्य राख्नुभएको थियो । उक्त कार्यक्रममा नेपली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देशाइ र लैंगिक क्षेत्रमा उत्कृष्ट काम गर्ने लक्ष्मी घलानलाई पनि नागरिक नायक २०८० ले सम्मान गरिएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img