spot_img
spot_img
spot_img

आउँदो चुनावमा पनि उम्मेदवार बन्ने अमेरिकी राष्ट्रपति बाइडेनको घोषणा

spot_img

एजेन्सी ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२४ मा हुने राष्ट्रपति चुनावमा पनि उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । बाइडेनले आज एक भिडियो सार्वजनिक गर्दै राष्ट्रपतिको उम्मेदवारका लागि औपचारिक अभियान सुरु गरेको जानकारी गराउनुभएको बीबीसीले जनाएको छ। स्वतन्त्रता र अधिकार खतरामा रहेको भन्दै उहाँले स्वतन्त्रता र अधिकारका लागि आफू दौडिरहेको बताउनुभएको छ। अमेरिकी इतिहासकै सबैभन्दा ज्येष्ठ राष्ट्रपति बाइडेनले सन् २०२४ मा हुने चुनाव जितेमा २०२९ मा दोस्रो पूर्ण कार्यकाल सकिँदा ८६ वर्षको हुनुहुनेछ ।

बाइडेनभन्दा अघिका राष्ट्रपति डोनाल्ड ट्रम्प ७० वर्षको उमेरमा राष्ट्रपतिमा चयन हुनुभएको थियो । उमेरका कारण राष्ट्रपतिमा दोहोरिनु उपयुक्त हुन्न भन्ने मत रहे पनि डेमोक्र्याटिक उम्मेदवारीका लागि बाइडेनसँग अहिलेसम्म कुनै प्रमुख प्रतिद्वन्द्वी नदेखिएकोले उहाँको उम्मेदवारीको सहज बाटो निश्चितजस्तै रहेको बीबीसीले जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img