spot_img
spot_img
spot_img

देवदह ५ मा ४५ दिने मन्टेश्वरी तालिम सुरु

spot_img

देवदह । 

रुपन्देहीको देवदह नगरपालिका वडा न ५ को वार्षिक कार्यक्रम अन्तर्गत मन्टेस्वरी तालिमको शुभारम्भ भएको छ। प्रशिक्षार्थीहरुकै मागमा आधारित र प्रतिबद्धता सहितको रोजगार सिर्जना सहितको यो कार्यक्रम ४५ दिन सम्म संचालन हुने देवदह नगरपालिका वडा नं ५ का वडा अध्यक्ष तथा नगर प्रवक्ता गणेश डुम्रेले जानकारी दिनुभयो। ४५ दिन पछि १५ दिन स्कुल इन्टन्शिप हुनेछ । तत्पश्चात क्रमिक रुपमा रोजगारीमा जोडने प्रतिबद्धता सहित तालिमको सुरुवात गरिएको हो।

मंगलबार एक कार्यक्रमका बिच देवदह नगरपालिकाका कार्यबाहक नगरप्रमुख बिद्यालक्ष्मी गुरुङज्युको प्रमुख आतिथ्यता, नगर प्रबक्ता गणेश डुम्रे, शिक्षा शाखा अधिकृत प्रशुराम ढकाल, वडा सदस्यहरु बिमला दर्लामी, संगीता बि.क साबित्रा पौडेल लगायतको उपस्थिति र कार्यबाहक वडा अध्यक्ष होमनाथ भट्टराईको अध्यक्षतामा सप्पन्न कार्यक्रममा वडा सदस्य साबित्रा पौडेलले स्वागत गर्नुभएको थियो। तालिममा देवदह ५ निवासी कक्षा १२ भन्दा माथिको उच्च शिक्षा हासिल गर्नुभएका र अवसरको खोजिमा रहनुभएका प्रशिक्षार्थीहरुको सहभागी रहेको छ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img