spot_img
spot_img
spot_img

एसीसी प्रिमियर कप क्रिकेटमा कतारलाई हराउदै नेपाल बिजयी

spot_img

बुटवल।

एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले कतारलाई हराउदै बिजयी भएको छ। बिहिबार कतार विरुद्धको खेलमा स्पिनर सन्दीपले लामिछानेको सानदार अलराउन्ड प्रदर्शन गरेका छन। नेपालले कतारलाई ६८ रनले हराउँदै समूह विजेता बनी सेमिफाइनलको यात्रा तय गरेको छ। नेपाल समूह ए को विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको हो। जितको लागि १ सय ५८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको कतारले २५ दशमलव १ ओभरमा ८९ रनमा अलआउट भयो ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४० दशमलव ३ ओभरमा १ सय ५७ रनमा अलआउट भएको थियो । आमिर फारुकको बलमा ललित एलबीडब्लू आउट भएपछि नेपाल अल आउट भएको थियो । ललितले १७ बल खेल्दा एक रन बनाए। सन्दीपपछि रोहित पौडेलले ३६ बलमा २ चौकासहित २७ रन बनाएका थिए । आसिफ शेख २७ बलमा २ चौकासहित १९ रनमा आउट भए । नेपालले ओपनर कुशल भुर्तेललाई दुई रनमै गुमाएको थियो । समूह बी मा युएई ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ शीर्ष स्थानमा छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img