काठमाडौं ।
बैशाख १० गते भएका उपनिर्वाचनमा ५६ जना उम्मेदवारको जमानत जफत भएको छ । विभिन्न पार्टी र स्वतन्त्र गरी ५६ उम्मेदवारको जमानत जफत भएको निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचनमा कुल ६५ जना उम्मेदवार चुनावी मैदानमा होमिएकामा ५६ उम्मेदवारको जमानत जफत भएको हो । बैशाख १० गते तनहुँ–१, चितवन–२ र बारा–२ मा उपनिर्वाचन भएको थियो । तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले निर्वाचित हुँदा चितवन–२ मा रास्वपाकै उम्मेदवार तथा पार्टी सभापति रवि लामिछाने र बारा–२ मा जसपाका उम्मेदवार तथा अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन ।
तीन उम्मेदवार निर्वाचित हुँदा बाँकी प्रतिस्पर्धीमध्येका ६ उम्मेदवारले मात्रै जमानत जोगाउन सके। प्रतिनिधिसभाको प्रत्यक्षतर्फका उम्मेदवारले खसेको कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याए जमानत जफत हुने कानुनी व्यवस्था छ। जसअनुसार उम्मेदवारले जमानत जोगाउन खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउनै पर्ने बाध्यता छ । जसअनुसार तनहुँ १ मा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र एमालेका उम्मेदवार सर्वेन्द्र खनालबाहेक अरूले जमानत जोगाउन सकेनन् भने चितवन २ मा नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ र एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेबाहेक अरूले जमानत जोगाउन सकेनन् । रास्वपाका उम्मेदवार पूर्व डीआईजी रमेश खरेलले २८२९ मत पाउँदा जमानत जफत भएको हो ।