एजेन्सी ।
भारतीय अभिनेता नवाजुद्दीन सिद्दीकी र एक अन्तर्राष्ट्रिय पेय पदार्थ उत्पादक कम्पनीविरुद्ध विज्ञापनको विषयलाई लिएर प्रहरीमा उजुरी दर्ता भएको छ । प्रहरीका अनुसार उजुरीमा सिद्दीकीको नयाँ विज्ञापनले बंगाली समुदायका मानिसहरुलाई खिल्ली उडाएको उल्लेख गरिएको छ । जसले बंगाली समुदायका मानिसको भावनामा चोट पुर्याएको बताइएको छ । उजुरीमा, कलकत्ता उच्च अदालतका वकिल दिब्यान बनर्जीले सिद्दीकी र एक अन्तर्राष्ट्रिय पेय कम्पनी (सफ्ट ड्रिंक) विरुद्ध प्रहरीमा उजुरी दिएका हुन् । अहिले मानिसहरुको गुनासो र व्यापक विरोध पछि, कम्पनीले सबै प्लेटफर्मबाट विज्ञापन हटाएको छ ।
विज्ञापनको भिडियोमा सिद्दीकी बंगाली भाषामा एउटा जोक गरेर हासेका छन् । त्यसमा ‘बंगालीलाई सजिलै केही नपाउँदा ऊ भोकै सुत्छ’ र ‘सिधा औलाले ध्यू आएन भने औंला बङ्गाउनु पर्छ’ भन्ने संवादलाई लिएर विवाद चर्किएको हो। वकिल दिव्यानले हिन्दी भाषमा यो विज्ञापन आपत्तिजनक नभएकोले आफूलाई कुनै समस्या नभएको तर विज्ञापनको बंगाली भाषामा भने नराम्रो अर्थ लाग्ने बताएका छन् । उनले यस विज्ञापनलाई धारा ६६ब् र आईपीसीको धारा १५३ब् अन्तर्गत मुद्दा लाग्ने बताएका छन् । दिव्यानले आगामी दिनमा यस्ता सानातिना गतिविधिलाई प्रोत्साहन गर्न नहुने भन्दै उजुरी दिएका हुन् । प्रहरीमा उजुरी र व्यापक विरोध भएपछि उक्त विज्ञापन टिभी र सामाजिक सञ्जालबाट हटाउनुपरेको थियो । ट्विटरमार्फत पेय पदार्थ कम्पनीले बंगाली नागरिकहरुसँग माफी समेत मागेको छ।