लुम्बिनी ।
लुम्बिनीको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरी नियुक्त हुनुभएको छ । चौधरीलाई बिहिबार आज प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ अर्थात बहुमतको आधारमा मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । दिउँसो ५३ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका चौधरी योसँगै लुम्बिनी प्रदेशको चौथो मुख्यमन्त्री बन्नुभएको छ ।
प्रदेश प्रमुख शेरचनले वैशाख १२ गते संविधानको धारा १६८ को उपधारा २ अर्थात बहुमतको आधारमा नयाँ सरकार गठनको लागि बिहीबार दिउँसो ४ बजेभित्र दाबी पेश गर्न समयसीमा दिनुभएको थियो। उहाँले शुक्रबार बिहान साढे ११ बजे शपथ ग्रहण गर्नुहुनेछ । चौधरीलाई नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेक अन्य सबै दलहरूले समर्थन गरेका छन ।