spot_img
spot_img
spot_img

रुपन्देहीको शुद्धोधनबाट २८ बोरा अवैध चिनी बरामद

spot_img

रुपन्देही ।

रुपन्देहीको शुद्धोधनबाट प्रहरीले अवैध चिनी बरामद गरेको छ । भारतबाट नेपाल तर्फ भन्छार छली चोरी पैठारी गरी अवैध रुपमा ल्याई विभिन्न स्थानहरुमा लुकाई छिपाई राखेको अवस्थामा २८ बोरा करिब १,१२,००० मुल्य बराबरको अवैध चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय छपिया रुपन्देहीबाट खटिएको प्रहरी टोलीले गत बुधबार राती शुद्धोधन गाउँपालिका वडा नं ५ रजाड स्थितबाट अवैध चिनी नियन्त्रणमा लिएको हो । बरामद गरिएको चिनी आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img