दाङ ।
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। शुक्रबार (आज) प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री चौधरीलाई शपथ ग्रहण गराउनुभएको हो। चौधरीलाई कांग्रेस, माओवादी, नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमत, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थनमा उहाँ मुख्यमन्त्री बन्नुभएको हो। लुम्बिनी प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका चौधरी हिजो मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो। यसअघि सोमबार एमालेका लिला गिरीले विश्वासको मत प्राप्त गर्न नसकेपछि एमालेको सरकार ढलेको हो।