spot_img
spot_img
spot_img

अक्सफोर्ड माविमा ‘बनौं संस्कारी’ पुस्तकको विमोचन

spot_img

झविन्द्र देवकोटा, बुटवल ।

रुपन्देहीको बुटवल सुख्खानगरमा रहेको अक्सफोर्ड माविले संस्कारयुक्त शिक्षाका लागि अभिभावक, शिक्षक कर्मचारीका लागि दुई दिने अभिमुखिकरण कार्यक्रम गरेको छ । बिहीबार र शुक्रबारगरि दुई दिनसम्म चलेको कार्यक्रममा चरणवद्ध रुपमा अभिभावक, शिक्षक कर्मचारीलाई संस्कारयुक्त शिक्षाका बारेमा सहजिकरण गरिएको थियो। विद्यालयले बिहीबार दुईदेखि पाँच कक्षासम्म र शुक्रबार पाँचदेखि १० कक्षासम्मका अभिभावक, शिक्षक कर्मचारीलाई भेला गराएर पाठ्यक्रमसँगै आजको आवश्यकता संस्कारयुक्त शिक्षाका विषयमा अभिमुखिकरण कार्यक्रम गरिएको प्राचार्य दिनेश भुसालले जानकारी दिनुभयो । दुई दिनसम्म चार सिफ्टमा चलेको कार्यक्रममा दुई हजार शिक्षक, अभिभावकहरु सहभागि भएका थिए ।

कार्यक्रममा अक्षरा स्कुल काठमाण्डौका प्रिन्सिपल अन्जु भट्टराई, सोही स्कुलका प्रशिक्षक डाक्टर राजु अधिकारीले सहजिकरण गर्नु भएको प्राचार्य भुसालले बताउनुभयो । पछिल्लो समय विद्यार्थीमा संस्कार हराउदै गएको उल्लेख गर्दै उहाँले संस्कार सिकाउनकै लागि विद्यालयले चरणबद्ध रुपमा विभिन्न कार्यक्रम समेत गर्दै आएको बताउनुभयो । सोही कार्यक्रमको अवसर पारेर विद्यालय सह–प्रकाशक रहेको ‘बनौं संस्कारी’ पुस्तकको विमोचन गरिएको छ । पुस्तकको विमोचन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बालबालिकामा संस्कार हराउँदै गएको अवस्थामा अक्सफार्डले बनौ संस्कार शिर्षकको पुस्तक निकालेर उदाहरणीय कार्य गरेको बताउनुभयो । उहाँले संस्कारयुक्त शिक्षाका लागि अक्सफोर्डले गरेका गतिविधी उल्लेखनीय रहेको बताउँदै नगरपालिकापनि संस्कार र संस्कृति जोगाउन गम्भिर भएर लागेको बताउनुभयो । विद्यालयका सहायक प्राचार्य चिरञ्जीवि सापकोटाको संचालनमा भएको कार्यक्रममा बुटवल उपनगरको शिक्षा महाशाखा प्रमुख मित्रमणि खनाल, अक्सफोर्ड कलेज प्रमुख मनोज मरासिनी, कलेजका अध्यक्ष अजित खनाल, प्राध्यापक सुमन भुसाल लगायतले अहिलेको आवश्यकता भनेकै संस्कारयुक्त शिक्षा रहेको आआफ्नो विचार राख्नुभएको थियो ।

अक्षरा स्कुलका प्रशिक्षक डाक्टर राजु अधिकारीले लेख्नु भएको पुस्तकका पाँच खण्ड राखिएको छ । २१० पृष्ठ संख्या रहेको पुस्तकको पहिलो खण्डमा असल संस्कार, दोस्रो खण्डमा नैतिकता र चरित्र, तेस्रो खण्डमा नागरिक कब्तब्य, चौथो खण्डमा सत्गुण र शिष्टाचार र पाँचौ खण्डमा बनौ संस्कारी शिर्षकलाई राखिएको छ । मानव उत्कर्ष प्रकाशन नेपालले प्रकाशन गरेको उक्त पुस्तकको सह प्रकाशकका रुपमा अक्सफोर्ड मावि बुटवल रहेको शिक्षक लक्ष्मण घिमिरेले जानकारी दिनुभयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img