spot_img
spot_img
spot_img

लुम्बिनीका मुख्यमन्त्री चौधरीले मङ्गलबार विश्वासको मत लिने

spot_img

काठमाडौं ।

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मङ्गलबार विश्वासको मत लिनुहुनेभएको छ । यसअघि सोमबार विश्वासको मत लिने तयारी भईरहेको बेला उक्त दिन अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्वजनिक विदा परेकाले मङ्गलबार विश्वासको मत लिन लाग्नुभएको प्रदेश सरकारका मन्त्री सन्तोष पाण्डेले जानकारी दिनुभएको छ ।

प्रदेशसभामा रहेका आठ दलको समर्थनमा वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका चौधरीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डललाई पूर्णता दिने योजना बनाउनुभएको छ । प्रदेशसभाको पहिलो अधिवेशनको दशौँ बैठक वैशाख १९ गते मङ्गलबार बिहान ११ बजे बस्ने गरी तय भएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जारी गर्नुभएको सूचनामा जनाइएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img