काठमाण्डौ।
नेपाली कांग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारी स्वदेश फर्किनुभएको छ । भारत मुम्बईको नेशनल बर्न अस्पतालमा उपचार गराईरहनुभएका उहाँ आज आइतबार बेलुकी स्वदेश फिर्ता हुनुभएको हो। स्वास्थ्यमा सुधार हुँदै गएपछि भण्डारी स्वदेशमै बसेर उपचार गर्ने गरी स्वदेश फर्किनुभएको छ। उहाँ गएको फागुन ३ गते खाना पकाउने ग्यास लिक भएर घाइते हुनुभएको थियो भने भण्डारीकी आमाको उपचारको क्रममा निधन भएको थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??