spot_img
spot_img
spot_img

यसवर्ष देशभरका विद्यार्थीले समयमै पाठ्यपुस्तक प्राप्त गरे : मन्त्रालय

spot_img

१७ बैशाख, काठमाण्डौ।

सरकारले यस वर्ष देशभरका विद्यार्थीले समयमै पाठ्यपुस्तक प्राप्त गरेको जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज आइतबार पत्रकार सम्मेलन गरी शैक्षिक सत्र २०८०का लागि ७७ वटै जिल्लाका विद्यार्थीले समयमै किताब प्राप्त गरेको जानकारी गराएको हो । यस वर्ष जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट कक्षा ६ देखि १० सम्मको एक करोड ५५ लाख थान र निजी क्षेत्रका मुद्रण संस्थाहरूबाट कक्षा १ देखि ५ सम्मको एक करोड १८ लाख थान किताब छपाइ भएको मन्त्रालयको भनाई छ ।

७७ वटै जिल्लामा सूचीकृत भएका एक हजार दुई सय ६७ स्थानीय बिक्रेतामार्फत किताब बिक्रीरवितरण भइरहेको प्रवक्ता शर्माले बताउनुभयो । साथै समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथमा यही वैशाख २ गतेदेखि देशभरका विद्यालयमा विद्यार्थी भर्ना अभियान सञ्चालन भएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img