काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो सरकार पाँचै वर्ष चल्ने दाबी गर्नुभएको छ। चितवनमा सोमबार विहान संचारकर्मीसँग कुराकानी गर्दै उहाँले सरकार पाँचै वर्ष चल्ने दाबी गर्नुभएको हो। उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सरकारमा सहभागी हुन आह्वान समेत गर्नुभएको छ।
प्रधानमन्त्री दाहालले जुनसुकै भ्रष्टाचारका फाइल खोल्न आफू तयार रहेको बताउँदै सभापति लामिछानेलाई सरकारमा आउन सामेत आह्वान गर्नुभयो। यसअघि सभापति लामिछानेले सरकारले भ्रष्टाचारका फाइल खोल्न तयार नभएकोले समर्थन समेत फिर्ता लिने बताउनुभएको थियो।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??