spot_img
spot_img
spot_img

अफगानमा ७२ हजार टन कपास उत्पादन

spot_img

काबुल ।

अफगान किसानहरूले गत वर्ष ७२ हजार टनभन्दा बढी कपास उत्पादन गरेका छन् । कृषि, सिँचाइ र पशुधन मन्त्रालयले अफगानिस्तानले गत वर्ष ५४ हजार ८६९ हेक्टर जमिनबाट ७२ हजार ४९३ टन कपास उत्पादन गरेको जानकारी गराएको छ । बल्ख, तखार, कुन्दुज, बाघलान, पूर्वी नान्गाहार, पश्चिमी हेरात र निमरोज प्रान्तले गत वर्ष कपास उत्पादनमा उल्लेखनीय योगदान पुर्‍याएको विज्ञप्तिमा उल्लेख गरिएको छ । सन् २०२२ अप्रिलमा अफिम लगायतका खेतीमा प्रतिबन्ध लगाइएपछि अफगान किसानहरूले त्यसको सट्टा कपास, केसर, चामल, गहुँ र अन्य खेती गर्न लागेका छन्। अफगानिस्तानको कार्यवाहक सरकारले युद्धग्रस्त देशमा बहुमूल्य नगदे बाली र मूल्यवान् उब्जाउन किसानहरूलाई प्रोत्साहित गरेको छ।

-एजेन्सीको सहयोगमा

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img