spot_img
spot_img
spot_img

रवि लामिछानेका चालकको उपचारका क्रममा ज्यान गयो

spot_img

काठमाण्डौ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर (शम्भु) थापाको उपचारका क्रममा ज्यान गएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत ३९ वर्षीय थापाको आज मङ्गलवार दिउँसो ज्यान गएको अस्पतालले जानकारी गराएको छ । गएको वैशाख ४ गते बिहान ४ बजे चितवनको भरतपुर महानगरपालिका–११ मा रहेको लामिछानेको घरको छतबाट खसेर घाइते भएका उनको टाउकोमा गहिरो चोट लागेको थियो । भरतपुरमा सामान्य उपचार गरेपछि थप उपचारका लागि उनलाई ललितपुर ल्याइएको थियो । यसबारे अनुसन्धान भइरहेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img